मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारको समयमा ठुलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा

ratopati.com · Tue Nov 10 07:29:29 UTC 2026

काठमाडौँ । तिहार पर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौँले ठुलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ मातहत प्रहरी वृत्त र प्रभागबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा सवारी साधनको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)