मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ढोरपाटनमा पर्यटकीय चहलपहल : विदेशी सिकारमा व्यस्त, स्वदेशी पदयात्रा र दृश्यावलोकनमा

ratopati.com · Tue Nov 10 07:32:22 UTC 2026

बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखिने हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ।ढोरपाटन सिकार आरक्षको उच्च पहाडी क्षेत्रमा विदेशी सिकारी सिकारमा व्यस्त छन्। त्यसैगरी उपत्यका र आसपासका पाटनमा आन्तरिक पर्यटक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनमा रमाइरहेका छन्।

नेपालमा वैधानिक रूपमा सिकार खेल्न पाइने एक मात्र क्षेत्र ढोरपाटनमा अहिले चालु आर्थिक वर्षको पहिलो सिकार याम चलिरहेको छ। असोजदेखि मङ्सिरसम्म रहने पहिलो याममा विदेशी सिकारी नाउर र झारलको सिकारका लागि आरक्षका विभिन्न ब्लकमा पुगेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)