मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण : इरानमाथि आरोप र प्रतिबन्धको चेतावनी

ratopati.com · Tue Nov 10 07:34:38 UTC 2026

पेरिस । फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ। आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ।

गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब छ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो। यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० सुपरमार्केट प्रभावित भएका थिए। पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो भने इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौँ लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)