मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टर्किएमा सुरु भएको कोप–३१ मा जलवायु वित्तको औपचारिक एजेन्डा, अनुकूलन कोषमा सहमति नजुट्दा अविश्वास कायमै

clickmandu.com · Tue Nov 10 07:28:24 UTC 2026

एजेन्सी । संयुक्त राष्ट्रसंघीय वार्षिक जलवायु सम्मेलनको ३१औं संस्करण (कोप–३१) सोमबार टर्किएको भूमध्यसागरीय सहर अन्ताल्यामा सुरु भएको छ । लामो समयको रस्साकस्सी र प्रतीक्षापछि यसपटक जलवायु वित्त (क्लाइमेट फाइनान्स) को विषयलाई सम्मेलनको औपचारिक एजेन्डामा समेटिएको छ ।

जलवायु परिवर्तनका असरहरूसँग जुध्न अनुकूलनका लागि आवश्यक वित्तीय स्रोत र हरित जलवायु कोषको बजेट आवश्यकतामाथि छुट्टै छलफल गर्ने प्रस्ताव भने अस्वीकृत भएको छ । दुई सातासम्म चल्ने यस वार्ताको औपचारिक सुरुआत हुनुअघि आइतबार दिनभर र सोमबार बिहान सबेरैसम्म एजेन्डा तय गर्न गहन छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)