मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा छठको तयारी सुरू,बजारमा किनमेल गर्नेहरूको भिडभाड

annapurnapost.com · Tue Nov 10 07:17:37 UTC 2026

वीरगन्ज : तिहारसँगै तराई-मधेसमा छठ पर्वको तयारी र चहलपहल सुरू भएको छ ।कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत रुपमा सुरु हुने छठ पर्व सप्तमी तिथिका दिन बिहानसम्म गरि चार दिन मनाइन्छ ।तराई-मधेसमा बस्ने भोजपुरी,अवधि ,बज्जिका र मैथीली भाषी हिन्दूको प्रमुख पर्व नै छठ हो । यसपाली छठ पूजा कात्तिक २९ गते आइतबारका दिन परेको छ ।

तरई-मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री ,भाडाँवर्तन,कपडालत्ता इत्यादिको किनमेल सुरू भइसकेको छ । यस्तै नदी ,तलाउ ,पोखरीलगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)