मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत् कार्यक्रममा बोल्दै नबोली बाहिरिए गृहमन्त्री गुरुङ

annapurnapost.com · Tue Nov 10 07:31:05 UTC 2026

भक्तपुर : राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले आयोजना गरेको नयाँ वर्ष ११४७ को शुभकामना आदानप्रदान तथा राष्ट्रिय विभूति शंखधर साख्वा: काे प्रतिमामा माल्यार्पण कार्यक्रममा सरकारको प्रतिनिधित्व गर्दै आएका गृहमन्त्री सुधन गुरुङ बोल्दै नबोली फर्किएका छन् ।

नयाँ थिमिस्थित शंखधर चोकमा मंगलबार बिहान आयोजित कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित गृहमन्त्री गुरुङ बोल्दै नबोली बाहिरिएका हुन् । उनी बिदाइ हुनासाथ प्रमुख अतिथि रहेका प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले कार्यक्रमलाई सम्बोधन गरेका थिए । आयोजकले गृहमन्त्री गुरुङ बसन्तपुरमा आयोजित नेपाल सम्वतकै कार्यक्रममा सहभागी हुन हतारिएको बताएपनि प्रमुख अतिथिले बोलिरहेका उनी फोटो सेसनमा व्यस्त बनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)