रियादमा क्षेप्यास्त्र रोकिएपछि विस्फोटका आवाज
baahrakhari.com · Tue Nov 10 07:40:37 UTC 2026

रियाद । साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि मंगलबार बिहान राजधानीमा विस्फोटका आवाज सुनिएका छन् । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित समूहले प्रहार गरेको क्षेप्यास्त्र नष्ट गरिएको जनाएको छ ।
एएफपी का पत्रकारले राजधानीमा लगातार विस्फोटका आवाज सुनेका थिए । त्यसपछि स्थानीय बासिन्दाले मोबाइल फोनमा हवाई आक्रमणको जोखिम रहेको भन्दै सुरक्षित स्थानमा आश्रय लिन निर्देशन दिइएका सन्देश प्राप्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)