इरान युद्ध र नवीकरणीय ऊर्जाको विस्तारका कारण सन् २०२६ मा जीवाश्म इन्धन उत्सर्जन घट्ने प्रक्षेपण
clickmandu.com · Tue Nov 10 07:49:23 UTC 2026

एजेन्सी । नवीकरणीय ऊर्जाको तीव्र विस्तार र इरान युद्धका कारण कच्चा तेलको मूल्यमा आएको उछालले गर्दा सन् २०२६ मा विश्वव्यापी जीवाश्म इन्धनबाट हुने कार्बन उत्सर्जनमा सामान्य गिरावट आउने प्रक्षेपण गरिएको छ ।
टर्किएको अन्ताल्या शहरमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का क्रममा मंगलबार सार्वजनिक गरिएको ‘ग्लोबल कार्बन बजेट’ प्रतिवेदन अनुसार, सन् २०२६ मा जीवाश्म इन्धनबाट हुने उत्सर्जन ०.४ प्रतिशतले घट्ने अनुमान गरिएको हो । कोभिड–१९ महामारीका कारण विश्वव्यापी अर्थतन्त्र र यातायात ठप्प भएको वर्ष सन् २०२० पछि यो उत्सर्जनमा देखिएको पहिलो वार्षिक गिरावट हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)