बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै
khabarhub.com · Tue Nov 10 07:51:29 UTC 2026

भद्रपुर – झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक भवन, होटल तथा आवासीय संरचना थपिने क्रम बढेसँगै व्यापारिक गतिविधि र सहरीकरण पनि तीव्र बनेको छ तर बजारको बदलिँदो स्वरूपअनुसार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विस्तार हुन सकेको छैन ।
विशेषगरी आगलागी नियन्त्रणका लागि चाहिने आधारभूत पूर्वाधारको अवस्था उस्तै छ । दमकलको व्यवस्था भए पनि तत्काल पानी भर्न सकिने खानेपानीको पाइपलाइनबाट दमकलमा पानी भर्ने प्रणाली (फायर हाइड्रेन्ट पोइन्ट)नहुँदा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)