चार खेल खेलेर फर्किए डेभिड वार्नर, कस्ताे रह्याे प्रदर्शन ?
nepalpress.com · Tue Nov 10 07:54:35 UTC 2026
काठमाडौं । अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) छाडेर स्वदेश फर्किएका छन् । काठमाडौं गोर्खाजबाट चार खेल खेलेका वार्नर आज अस्ट्रेलिया फर्किएका हुन् ।
काठमाडौं गोर्खाजका व्यवस्थापक दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरको बिदाइ भएको जानकारी दिएका छन् । उनले वार्नरलाई टोली र नेपाली क्रिकेटमा पुर्याएको योगदानका लागि धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)