पर्वतमा पुर्खाको नासो : तीन सय वर्ष पुरानो ‘शताब्दी घर’
ratopati.com · Tue Nov 10 07:58:50 UTC 2026

पर्वत । आधुनिकताको तीव्र विकाससँगै मौलिक वास्तुकला, संस्कृति र पुर्खाका चिनोहरू लोप हुने क्रम बढ्दो छ। यस्तो अवस्थामा पर्वतको कुश्मा नगरपालिका–७, माझगाउँमा भने तीन सय वर्ष पुरानो घरको संरक्षण गरेर उदाहरणीय प्रयास गरिएको छ।
फोटो पत्रकार तथा सामाजिक अभियन्ता आरके अदिप्त गिरीले आफ्ना पुर्खाको तीन सय वर्ष पुरानो ऐतिहासिक घरको संरक्षण गर्दै त्यसलाई ‘शताब्दी घर’ का रूपमा पुनर्जीवन दिएका छन्। ‘समाज धुर र आँगनमा खुम्चिँदै गर्दा र हाम्रा आफ्नै लाग्ने घरहरू हराउँदै गएका छन्,’ घर संरक्षण गर्नुको कारण सुनाउँदै गिरीले भने, ‘हामीले बिर्सिंदै गएको मौलिकता र अपनत्वको खोजीस्वरूप शताब्दी घरको परिकल्पना गरिएको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)