इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी, घट्यो कच्चा तेलको मूल्य
clickmandu.com · Tue Nov 10 08:00:46 UTC 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध निकै चाँडै अन्त्य हुन सक्ने बताएका छन् । वाशिङटनसँग तेहरानले निकै शिष्ट रूपमा कुराकानी गरिरहेको उल्लेख गर्दै ट्रम्पले द्वन्द्व अन्त्यतर्फ उन्मुख भइरहेको दाबी गरेका हुन् ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको वार्तापछि सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी यस द्वन्द्वको अन्त्यतर्फ सकारात्मक प्रगति देखिरहेका छौं । मलाई लाग्छ, यो छिट्टै सकिँदैछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)