इरानले सुपरमार्केटमा साइबर आक्रमण गरेको फ्रान्सको आरोप
bishowkhabar.com · Tue Nov 10 08:17:03 UTC 2026

काठमाडौं– फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ । आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ ।
गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब ६ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो । यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० सुपरमार्केट प्रभावित भएका थिए । पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो भने इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौं लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)