अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
gorkhapatraonline.com · Tue Nov 10 08:16:25 UTC 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम र श्रमसभ्यताका अनुपम पर्व तिहार, नेपाल संवत्, म्हः पूजाले जीवनमा सुख, समृद्धि र सद्भावको सञ्चार गरून् भनी कामना गर्नुभएको छ ।
“आज हुने म्हः पूजाले आत्मसम्मान र आत्मशुद्धिको सन्देश दिन्छ, गोवद्र्धन पूजाले प्रकृति र पर्यावरणप्रतिको कृतज्ञता अभिव्यक्त गर्छ भने हल तिहारले कृषि संस्कृतिको गरिमा उजागर गर्छ”, अध्यक्ष ओलीले भन्नुभएको छ, “म्हः पूजा, गोवद्र्धन पूजा तथा हल तिहारको हार्दिक शुभकामना ! न्हु दँया भिन्तुना !”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)