नेपाल संवत ११४७ को अवसरमा बेनीमा प्रभातफेरी
gorkhapatraonline.com · Tue Nov 10 08:27:11 UTC 2026

म्याग्दी, कात्तिक २४ गते । नेपाल संवत् ११४७ का अवसरमा मंगलबार बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा नेवार समुदायको सांस्कृतिक झाँकी सहित प्रभातफेरी गरिएको हो ।
नेवार समुदायका महिला तथा पुरुष,बालबालिका र किशोरहरु मौलिक पोसाकमा सजिएर प्रभातफेरीमा सहभागी भएका थिए । बेनीको संगमचोकबाट सुरु भएको प्रभातफेरीमा नेवार समुदायका साथै अन्य जातजातिको पनि सहभागिता रहेको थियो । प्रभातफेरी बजार परिक्रमापछि मंकाःखलको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)