मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मनोवैज्ञानिकको बयान : नरेश भट्टलाई पीटीएसडी भएको हुन सक्ने दाबी, प्रतिरक्षापक्षद्वारा बहस टुंग्याइयो

barnanmedia.com · Tue Nov 10 08:32:13 UTC 2026

अमेरिका । मामता भट्ट हत्या प्रकरणको सुनुवाइ छैटौँ सातामा प्रवेश गर्दा प्रतिरक्षापक्षका मनोवैज्ञानिक डा. ब्यारी रोजेनफेल्डले नरेश भट्ट पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) बाट पीडित हुन सक्ने बयान दिएका छन्। उनका अनुसार उक्त मानसिक अवस्थाका कारण भट्टमा तीव्र त्रास उत्पन्न भएको र त्यसले घटनाका बेला उनको निर्णय क्षमतामा असर पारेको हुन सक्छ।

अदालतमा बयान दिँदै डा. रोजेनफेल्डले भट्टले मामताको शव व्यवस्थापन गर्नु नै आफू उक्त परिस्थितिबाट उम्कने एकमात्र उपाय भएको ठानेको हुन सक्ने बताए। पीटीएसडीका कारण उत्पन्न हुन सक्ने त्रास र मानसिक दबाबले उनको व्यवहारलाई प्रभावित गरेको हुन सक्ने उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)