पाकिस्तानले नेपाल यू-१९ लाई दियाे २७६ रनको लक्ष्य
kendrabindu.com · Tue Nov 10 08:48:21 UTC 2026
काठमाडाैं । एसीसी पुरुष यू-१९ एशिया कप २०२६ अन्तर्गत पाकिस्तान यू-१९ ले नेपाल यू-१९ लाई जितका लागि २७६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
अल अमिरात क्रिकेट ग्राउन्डमा भइरहेको यस खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तान यू-१९ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रनको योगफल तयार पार्यो। पाकिस्तानका लागि अहमद हुसैन र कप्तान फरहान युसुफले उत्कृष्ट अर्धशतकीय पारी खेले। अहमद हुसैनले ७३ बलमा ७ चौका र २ छक्काको मद्दतले सर्वाधिक ८९ रन जोडे भने फरहान युसुफले ९५ बलमा ७४ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)