मधेशमा छठ पर्वको तयारी तीव्र
khabarhub.com · Tue Nov 10 09:12:55 UTC 2026

जनकपुरधाम – दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्र पारिएको छ । पर्व नजिकिँदै जाँदा जनकपुरधामका पोखरी तथा जलाशयको सरसफाइ र सजावटसँगै बजारमा पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ ।
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउन जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयको सरसफाइ र शृङ्गारको काम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)