पाल्पामा विविध कार्यक्रम गरी मनाइयो नेपाल संवत् ११४७
annapurnapost.com · Tue Nov 10 09:01:31 UTC 2026

तानसेन : नेवारी समुदायले नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा मंगलबार तानसेनमा विविध कार्यक्रम आयोजना गरी मनाएका छन्। पासा खल : पाल्पाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै नेपाल संवतको महत्व प्रचारप्रसार, नेवारी भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
नेपाल संवत् ११४७ को अवसरमा पासा खल : पाल्पाले तानसेनको टुँडिखेलमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा दीप प्रज्वलन तथा माल्यार्पण गरेको छ। कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, पासा खलका संस्थापक अध्यक्ष छत्रराज शाक्य र वर्तमान अध्यक्ष केशवलाल बज्राचार्यलगायतले शङ्खधर साख्वाले नेपाली समाजमा पुर्याएको योगदान र नेपाल संवत्को ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे चर्चा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)