सुदूरपश्चिमको लय कि जनकपुरको पुनरागमन ? (भिडियो)
ratopati.com · Tue Nov 10 09:15:00 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ।
पछिल्ला दुई खेलमा लगातार जित निकालेको सुदूरपश्चिम आफ्नो लय कायम राख्न चाहन्छ भने लगातार दुई हार बेहोरेको जनकपुर पुनरागमनको खोजीमा हुनेछ। नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सोमेस यादवको विश्लेषणमा पनि यो खेल दुवै टोलीका लागि फरक चुनौती बोकेको प्रतिस्पर्धा हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)