मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुमा बोलेरो जिप दुर्घटना, पाँच जना घाइते

annapurnapost.com · Tue Nov 10 09:16:41 UTC 2026

मुगु : मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा बुधबार दिउँसो भैलो खेल्ने टोली बोकेर सोरुकोटबाट तारापानीतर्फ जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दिउँसो करिब १२ः५० बजे अचानक ब्रेक फेल भएपछि जिप सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो। जिपमा चालकसहित १२ जना सवार थिए। दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा जिप चालक मुगुको खत्याड गाउँपालिका–७ निवासी २९ वर्षीय उपेन्द्र परियार रहेका छन्। उनको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ। त्यस्तै, सोरु गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी गम्भीर घाइते भएका छन्। उनको टाउको र निधारमा चोट लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)