मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नयाँ संसद्सँगै नेतान्याहुलाई राजनीतिक चुनौती थपिँदै

khabarhub.com · Tue Nov 10 09:19:06 UTC 2026

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ । संसद्मा उनी नेतृत्वको गठबन्धनको शक्ति घटेको र विपक्षीको प्रभाव बढेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कानून खारेजी तथा संसदीय नेतृत्व परिवर्तनका विषयमा चुनौती थपिने भएको हो ।

१२० सदस्यीय नयाँ संसद्ले मङ्गलबारदेखि काम सुरु गर्दैछ । राष्ट्रपति आइज्याक हर्जोगले पूर्वसैनिक प्रमुख गदी आइसेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । तर, आइसेनकोट र नेतान्याहु दुवैसँग सरकार गठनका लागि आवश्यक बहुमत नभएकाले नयाँ सरकार गठन सहज देखिएको छैन । नयाँ सरकार नबनेसम्म नेतान्याहु कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)