मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देखिनै छाडे पानी घट्ट

onlinekhabar.com · Tue Nov 10 09:18:25 UTC 2026

२४ कात्तिक, जुम्ला । जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोप हुँदै गएका छन् । गाउँघरमा विद्युत्‌बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरु सङ्कटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताए।

ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ, कोदो र फापर लगायतका अन्न पिस्ने गर्दछन् । आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट लोपहुँदै गइरहेको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)