मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थीले उत्पादन गरेको सयपत्री फूल बुटवल, काठमाडौं, भैरहवा र पोखरासम्म बिक्री हुँदै

annapurnapost.com · Tue Nov 10 09:21:45 UTC 2026

अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले बजार पाउन थालेका छन्। विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, भैरहवा र पोखरासम्म बिक्री भइरहेको छ।

विद्यालयमा उत्पादित फूल तथा मालाको माग विभिन्न सहरमा बढ्दै गएको शिक्षक प्रकाश भुसालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब चार क्विन्टल फूल बिक्री भइसकेको छ। यस वर्ष तिहार केही ढिला परेका कारण फूलहरू भने केही हप्ताअघि नै फक्रिएका थिए। विद्यालयको पहुँचमा फूल सुरक्षित राख्न मिल्ने कोल्ड स्टोर नहुँदा समयमै बजार व्यवस्थापन गर्न कठिनाइ भएको शिक्षक भुसालले बताए। तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल समयभन्दा अगाडि नै फक्रिएपछि केही सस्तो मूल्यमा भए पनि अन्य सहरमा पठाएर बिक्री गर्नुपरेको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)