मिथिलामा ‘अन्नकूट’ महोत्सवः ५६ व्यञ्जनको भोग
barnanmedia.com · Tue Nov 10 09:47:48 UTC 2026

मिथिला क्षेत्रमा आज ‘अन्नकूट’ महोत्सव आयोजना गरिँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्वको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन यो महोत्सव मनाइन परम्परा छ । खासगरी वैष्णव मठहरुमा आयोजना गरिने यो महोत्सवमा विभिन्न मिष्टान्न र विशेष पकवानसहित ५६ व्यञ्जन भगवान कृष्णलाई समर्पित गरी प्रसादस्वरुप खाने÷ख्वाइने परम्परा छ । यो महोत्सव द्वापर युगमा हालको भारतको मथुरा नजिकको गोबद्र्धन पर्वतको पूजा परम्परासँगै जोडिएर आएको विश्वास गरिदैआएको छ ।
त्यसताका सन्तुलित वर्षा र गाईसहितका पशुधनको संरक्षणको कामनासाथ इन्द्रको पूजाआराधना गरिने परम्पराको पौराणिक ग्रन्थहरुमा वर्णन छ । त्यतिखेर इन्द्रको पूजा गरिदा ५६ व्यञ्जन भोग लगाउने चलन रहेको कथा छ । एक वर्ष प्रतिकूल मौसमले गोकुलमा हाहाकार मच्चिदा श्रीकृष्णले इन्द्रको सट्टा आफ्ना गाईका लागि पोसिलो घाँस दिने गोबद्र्धन पर्वतको पूजा गर्न सबैलाई मनाएका श्रीमद्भागवतमा वर्णित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)