मधेस प्रदेशका मुख्यमन्त्री यादव राजीनामा दिने तयारीमा
barnanmedia.com · Tue Nov 10 09:41:45 UTC 2026

वीरगन्ज — मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन्। सरकारलाई विश्वासको मत दिने विषयमा अन्य दलहरूसँग सहमति जुट्न नसकेपछि उनी राजीनामा दिएर बाहिरिने मनस्थितिमा पुगेका हुन्।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा अब मात्र एक साता बाँकी रहेको छ, तर अहिलेसम्म मिति तय हुन सकेको छैन। अन्य दलबाट स्पष्ट प्रतिबद्धता नआएका कारण मितି तय गर्न कठिनाइ भएको बताइएको छ। कृषिमन्त्री श्याम पटेलका अनुसार सरकारलाई सहयोग गर्न छलफल भइरहेको छ र सहमति भए विश्वासको मत लिइनेछ, नभए अन्य विकल्पबारे सोधिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)