मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

khabarhub.com · Tue Nov 10 09:55:50 UTC 2026

जुम्ला – जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय आन्तरिक पर्यटनको दृश्यावलोकनका लागि रोजाइ परेको छ । तालको प्राकृतिक सौन्दर्यले विशेषगरी आन्तरिक पर्यटक आकर्षित बनेको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।

समुद्री सतहदेखि चार हजार ८६० मिटर उचाइमा रहेको उक्त ताल चार हजार २८० मिटरमा फैलिएको छ । उक्त ताललाई दूधकुण्ड प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको रूपमा पनि लिने गरिएको छ । ताल नजिकबाट देखिने सुन्दर हिमतालले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको वडाध्यक्ष महताराको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)