गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिगको तेस्रो संस्करण मार्चमा
ratopati.com · Tue Nov 10 10:01:06 UTC 2026
काठमाडौँ । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग (जीसीएनपीएल) को तेस्रो संस्करण सन् २०२७ को मार्चमा आयोजना हुने भएको छ । जीसीएनपीएल निर्देशक किशोर तिवारीले सन् २०२७ मार्चमा प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिए ।
अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको गोल्ड कोस्टमा हुने प्रतियोगितामा हिमालयन हिट्स, यति स्ट्राइकर्स, गोल्ड कोस्ट सुपर किड्स, गोर्खा थन्डर्स र सगरमाथा टाइटन्स गरी पाँच टोली सहभागी हुनेछन् । सगरमाथा टाइटन्स यसै संस्करणबाट लिगमा थपिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)