मुगुमा भैलो खेल्ने टोली सवार बोलेरो दुर्घटना, पाँच जना घाइते
kendrabindu.com · Tue Nov 10 10:10:14 UTC 2026

मुगु । मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा भैलो खेल्ने टोली बोकेर सोरुकोटबाट तारापानीतर्फ जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)