मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा पटका पड्काउनेमाथि प्रहरीको कारबाही, ७ जना पक्राउ

kendrabindu.com · Tue Nov 10 10:18:55 UTC 2026

रुपन्देही । पटका पड्काएर आतिशबाजी गरेको आरोपमा रुपन्देही प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । पटका पड्काउने क्रममा एक जना घाइते भएपछि प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २३ गते साँझ करिब ६ः५० बजे रुपन्देहीको कञ्चन गाउँपालिका–१ हात्तीबजार चोकमा भैलो खेलिरहेका बेला पटका पड्काइएको थियो । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ निवासी कृष्ण परियार र आर्यन परियारले पटका पड्काउँदा एक जना घाइते भएका थिए । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)