उदयपुरमा माइक्रोबस दुर्घटना, चालकसहित १० जना घाइते
kendrabindu.com · Tue Nov 10 10:14:38 UTC 2026

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । दुर्घटनामा चालकसहित ११ जना सवार रहेकामा एक बालिका भने सकुशल रहेकी छन् ।
बुधबार दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरीले जनाएको छ । माइक्रोबस काठमाडौं महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)