इरानमाथि तत्काल थप आक्रमण नगर्ने ट्रम्पको घोषणा
kendrabindu.com · Tue Nov 10 10:11:46 UTC 2026

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन् । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि ट्रम्पले नयाँ आक्रमण केही समयका लागि रोक्ने बताएका हुन् ।
तर इरानसँगको तनाव कम गर्ने संकेत दिए पनि हर्मुज जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारेका छन् । कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत खाडी मुलुकले थप आक्रमण नगर्न आग्रह गरेपछि आफूले यस्तो निर्णय लिएको ट्रम्पको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)