पृथ्वी ध्वस्त हुन अब ३ दिन मात्रै बाँकी? वैज्ञानिकको ६६ वर्ष पुरानो भविष्यवाणी फेरि चर्चामा
barnanmedia.com · Tue Nov 10 10:38:49 UTC 2026

सन् १९६० मा वैज्ञानिकहरूले गरेको एउटा अनौठो भविष्यवाणी अहिले फेरि चर्चामा आएको छ। उनीहरूले सन् २०२६ नोभेम्बर १३ शुक्रबारका दिन मानव सभ्यता अत्यधिक जनसंख्याका कारण विनाशको अवस्थामा पुग्न सक्ने अनुमान गरेका थिए। अब उक्त मितिमा पुग्न जम्मा ३ दिन मात्रै बाँकी रहेकाले यो पुरानो भविष्यवाणीबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा हुन थालेका छन्।
तर यो भविष्यवाणी वास्तविकतामा भने पूरा हुने देखिँदैन। सन् १९९० को दशकदेखि नै विश्वको जनसंख्या वृद्धिदर वैज्ञानिकहरूले अनुमान गरेअनुसार अघि बढेन। जन्मदर घट्दै गएपछि उनीहरूको गणितीय अनुमान र वास्तविक जनसंख्या वृद्धिबीच ठूलो अन्तर देखियो। त्यसैले नोभेम्बर १३ मा पृथ्वी ध्वस्त हुन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन। यो भविष्यवाणी पृथ्वी विनाशको निश्चित मिति नभई जनसंख्या वृद्धिबारे गरिएको एउटा पुरानो गणितीय प्रक्षेपण मात्र हो। तर ६६ वर्षअघि गरिएको यस्तो अनौठो अनुमानको मिति नजिकिँदै गर्दा भने यसले फेरि धेरैको ध्यान तानेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)