सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ गर्ने
annapurnapost.com · Tue Nov 10 10:52:30 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको २१ औं खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट स्टेडियमा टस जितेर सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स दुवैको यो छैटौ खेल हो। सुदूरपश्चिम ५ खेलमा ३ जित र २ हारसहित ६ अंक लिएर अंकतालिकाको शिर्ष ३ मा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)