तिहारमा ओखरको मागमा नयाँ रेकर्ड !
baahrakhari.com · Tue Nov 10 10:55:36 UTC 2026

काठमाडौं । हरेक वर्ष तिहारमा ‘भाइमसला’ अर्थात् ड्राई फ्रुट्स तथा नट्सको खपत तुलनात्मक रूपमा बढी हुने गर्छ । यसकारण चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मात्र तिहारलक्षित ओखर, नरिवल, काजु, बदाम, कटुसजस्ता ड्राई फ्रुट्स तथा नट्सहरूको आयातका निम्ति अर्बौं रुपैयाँ देशबाट बाहिरिएको छ ।
तिहारलक्षित विभिन्न नौ प्रकारका ड्राई फ्रुट्स तथा नट्स नेपाल भित्र्याइएको छ । यसमा काजु, नरिवल, ठूलो बदाम, कटुस, ओखर, चेस्टनट्स (जापनिज कटुस) पिस्ता, म्याकाडामिया नट्स, सुपारी, पाइन नट्स र खजुर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)