मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

barnanmedia.com · Tue Nov 10 11:07:19 UTC 2026

छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तराद्र्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरु प्रायः सम्झनामै सीमित हुने गर्छन् ।

यद्यपि यस वर्षको तिहारमा भने धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा फरक रौनक छायो । धनकुटा नगरपालिका वडा नं ९ मुलघाटस्थित वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)