जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
kendrabindu.com · Tue Nov 10 11:14:48 UTC 2026

काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा ११० जनालाई पक्राउ गरेको छ । काठमाडौं, चितवन, धनकुटा, भक्तपुर, झापा, धनुषा, कपिलवस्तु, सर्लाही, कञ्चनपुर र कास्कीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५६ हजार ५४० रुपैयाँ र ६ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)