मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

nepalpress.com · Tue Nov 10 11:05:44 UTC 2026

रुपन्देही । तिहार र छठ पर्वलाई लक्षित गरी लुम्बिनी प्रदेशमा यस वर्ष व्यावसायिक फूलखेती विस्तार भएको छ । प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यसबाट २७९ मेट्रिक टन फूल उत्पादन हुने र सात करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष प्रदेशमा सयपत्री र मखमली फूलको उत्पादन उल्लेख्य हुने अपेक्षा गरिएको छ । मन्त्रालयका सूचना अधिकारी मिलन गैरेका अनुसार व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको र उत्पादन क्षेत्र विस्तार भएकाले गत वर्षको तुलनामा यस वर्ष उत्पादन तथा कारोबार दुवै बढ्ने अनुमान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)