मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा पाल्पामा झिनियाँ रोटीको व्यापार बढ्यो

annapurnapost.com · Tue Nov 10 11:09:48 UTC 2026

तानसेन : तिहार आगमन संगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ। पाल्पाका व्यापारीक केन्द्रहरुका पसल पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटीले सबैको मन लोभ्याउने गरेको छ । रोटीको पर्वको रुपमा मानिने तिहारमा झिनिया रोटीको महत्व बढेको छ।

तिहारमा रोटीको परिकार लाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो। तिहारको आगमन संगै तानसेन, रामपुर लगायत नेवारी बस्तीमा झिनिया रोटीले ढाकेको छ। पाल्पाका बजारमा झिनियाँ रोटी खरिद विक्रि गर्नेहरुको भिडभाड बढेको छ। तानसेनमा तिज पछी झिनिया रोटीको मुख्य सिजन हो । तानसेन टक्सारका अधिकाश घरपरिवारको आयश्रोत झिनिया रोटी बनेको छ। झिनियाँ रोटी बनाउन सके हुन्छ बजारको कुनै समस्या छैन, ५ रुपैया दर्जन देखी व्यापार शुरु गरेको झिनिया रोटी अहिले ४ सय रुपैया सम्म बजार भाउँ पुगेको लामो समय देखी झिनिया रोटी उत्पादन तथा व्यापार गर्दै तानसेन टक्सारकी नारायाणी देवी बज्राचार्यले बताईन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)