मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनामा दश जना घाइते

gorkhapatraonline.com · Tue Nov 10 11:21:10 UTC 2026

उदयपुरमा सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् । त्रियुगा नगरपालिका – १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा मङ्गलबार बेल्टारबाट दिउँसो गाईघाटतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ४६२१ नं. को ईभि गाडी अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी उपरीक्षक राजन चापागाई जानकारी दिनुभयो ।

उपरिक्षक चापागाईका अनुसार दुर्घटनामा परी घाइते हुनेहरुमा गाडी चालक काठमाडौँ महानगरपालिका ३२ बस्ने वर्ष अन्दाजी ४२ को कृष्ण के.सी, झापा सुरुङ्गा नगरपालिका ३ बस्ने वर्ष अन्दाजी ४० बर्षीया रेणुका प्रसाई, सोही स्थान बस्ने उहाँको छोरा वर्ष अन्दाजी १४ को नैन प्रसाई, मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने वर्ष अन्दाजी ५० की निल कुमारी लम्साल, सुनसरी ईटहरी उप–महानगरपालिका १२ बस्ने वर्ष अन्दाजी बर्ष ४३ की मुना ढकाल, उदयपुर बेलका नगरपालिका १ बस्ने वर्ष अन्दाजी ३८ को प्रबिन तामाङ, मोरङ सुन्दर हरैचा नगरपालिका ४ बस्ने वर्ष अन्दाजी ७० को अमृत बहादुर खड्का, सुनसरी ईटहरी उप–महानगरपालिका ८ बस्ने वर्ष अन्दाजी ३७ की रन्जिता गौतम, चौदण्डिगढी नगरपालिका १० बस्ने वर्ष अन्दाजी २५ की जमुना परियार बि.क सोही स्थान बस्ने उहाँको छोरा वर्ष अन्दाजी ९ को अंकित बि.क. मध्यम तथा सामान्य घाईते भएको प्रहरीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)