राप्ती नदीमा डुबेर बालकको मृत्यु
ratopati.com · Tue Nov 10 11:33:25 UTC 2026

बुटवल । दाङको राप्ती नदीमा डुबेर आज ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाघरमा आएका बेला नदीमा नुहाउने क्रममा उनी डुबेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)