भारी वर्षापछि गाजामा मानवीय सहायता अभाव चुलिँदै, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
ratopati.com · Tue Nov 10 11:55:29 UTC 2026

काठमाडाैँ । गाजामा शुक्रबार साँझदेखि परेको भारी वर्षाका कारण बाढी, आश्रयस्थलमा क्षति तथा अत्यावश्यक सेवामा अवरोध उत्पन्न भएपछि मानवीय संकट थप गहिरिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार सप्ताहन्तमा परेको भारी वर्षाले गाजामा विस्थापित नागरिकहरू बस्दै आएका अस्थायी आश्रयस्थलको कमजोर अवस्था उजागर गरेको छ। वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी आएको, मानवीय सहायता वितरण केन्द्र तथा शैक्षिक स्थानमा क्षति पुगेको र अत्यावश्यक सेवाहरू प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)