न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग
kendrabindu.com · Tue Nov 10 12:12:08 UTC 2026

टर्किए । इन्धन आयातमा निर्भर मुलुकका लागि न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग गरिएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन टर्कीको अन्ताल्यामा आयोजित कार्यक्रममा वक्तहरूले अन्तर्राष्ट्रिय अनुदानमा आधारित तथा सुलभ जलवायु वित्त आवश्यक रहेकामा जोड दिइएका छन्।
(कोप-३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘हिमालयदेखि विश्वसम्मः ‘जोखिममा रहेका अर्थतन्त्रका लागि जीवाश्म इन्धनबाट न्यायपूर्ण रूपान्तरणका मार्गचित्र’ विषयक कार्यक्रममा नेपालबाट कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव डा. प्रकाशसिंह थापाले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)