जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
khabarhub.com · Tue Nov 10 12:09:17 UTC 2026

काठमाडौँ- प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी, चितवन रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसहित छ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलारामसहित सात जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)