मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनको व्यापार बचत १ ट्रिलियन डलर नाघ्यो, एआई प्रविधिको मागले निर्यातमा फड्को

ratopati.com · Tue Nov 10 12:16:46 UTC 2026

बेइजिङ । एआई पूर्वाधार निर्माणमा विश्वव्यापी लगानी बढेसँगै चीनको निर्यातमा उल्लेख्य वृद्धि भएको छ, यसले चीनको व्यापार बचत पहिलोपटक चालु वर्षको पहिलो १० महिनामै १ ट्रिलियन डलर नाघेको छ ।

चीनको भन्सार प्रशासनले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म चीनको व्यापार बचत १.०४ ट्रिलियन डलर पुगेको छ । लगातार दोस्रो वर्ष चीनको व्यापार बचत १ ट्रिलियन डलरभन्दा माथि पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष उक्त सीमा एक महिनाअघि नै पार भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)