मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

khabarhub.com · Tue Nov 10 12:24:34 UTC 2026

पोखरा- पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकीययाम सुरु भएपछि सङ्ग्रहालयमा विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्राहलयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । चाडपर्वसँगै सङ्ग्रहालय अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको उनले बताइन् ।

आर्थिक वर्ष २०८३/८४ को कात्तिक २० सम्म २० हजार ९३८ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन् । उनका अनुसार यो चार महिनाको अवधिमा सार्क राष्ट्रका दुई हजार ८६८ र सार्क राष्ट्र बाहेक अन्य देशका छ हजार २९ जना र ४१ जना प्रवासी नेपालीले सङ्ग्रहालय अवलोकन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)