मृत्युदण्डको फैसला पर्खिरहेकी हसिना किन खोज्दैछिन्, बंगलादेश फर्किने बाटो ?
barnanmedia.com · Tue Nov 10 12:29:49 UTC 2026

२३ कात्तिक, काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने तयारीस्वरूप नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र मागेकी छन् । सन् २०२४ को जनविद्रोहपछि भारत पलायन भएकी ७९ वर्षीया हसिनाको यो कदमले बंगलादेशको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ ।
तर उनको स्वदेश फर्किने योजनामाथि राजनीतिक विश्लेषकहरूले शङ्का व्यक्त गरेका छन् । मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै गत वर्ष अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले बंगलादेश फर्किए फाँसीको सामना गर्नुपर्ने अवस्था छ । उनले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)