भजनमा जुटेको युवा शक्ति अब राष्ट्र निर्माणमा पनि जुटोस्
nepalpress.com · Tue Nov 10 12:44:06 UTC 2026

आजकल बुटवल, पोखरा, चितवन, काठमाडाैँलगायत नेपालका विभिन्न सहरमा हरेक शनिबार सयाैँ युवायुवती भेला भएर भजन गाउने, नाच्ने रमाउने गरेको दृश्य देखिन्छ । ‘जाम्ला बैकुण्ठमा नाच्दै गाउँदै बजाउँदै’, ‘शिव जटाधारी, कहिले होला सवारी,’ ‘आज मेरो गाई हेर्ने पालो, राधिकालाई पठाइदेऊ गोठालो,’ ‘लैजाऊ न शिव मलाई तिम्रै कैलाश’, ‘शिव कैलाशैमा डमडम बज्यो डमरु’, जस्ता लोकलयका भजनमा रमाउने युवा जमात दिन प्रतिदिन बढिरहेको देखिन्छ ।
यो दृश्यले एउटा महत्त्वपूर्ण प्रश्न पनि जन्माएको छ, यति ठूलो सङ्ख्यामा युवालाई एकै ठाउँमा जम्मा गर्न सक्ने ऊर्जा, आकर्षण र सङ्गठन क्षमता हाम्रो समाजमा छ भने त्यही ऊर्जालाई देशको आर्थिक, सामाजिक र वैज्ञानिक विकासमा किन परिचालन नगर्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)