मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरले जनकपुरलाई दियाे १२१ रनकाे लक्ष्य

ratopati.com · Tue Nov 10 12:54:46 UTC 2026

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

मगंलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको छ । सुदूरका ब्रान्डन म्याकमलेनले २३ बलमा २ छक्का र २ चौकासहित ३३ र थरिन्दु रत्ननायकेले २८ बलमा २ छक्का र १ चौकासहित २७ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)