विधिपूर्वक गरियो गोवर्द्धन पूजा
ratopati.com · Tue Nov 10 13:19:18 UTC 2026

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन मंगलबार गोवर्द्धन पूजा गरिएको छ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिएको हो । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)